प्रभु तिम्रो चरणमा, बितोस मेरो जीवन ।।
तिमी मेरो सहारा, तिमै छ आधार ।
दुई कर जोडेर, गर्छ म पुकार ।
हाँस्दै खुशीयालीमा, बितोस मेरो जीवन ।।
धेरै जुनी बिताएँ, तर तिमीलाई पाएँन ।
ज्ञान बिना रुप तिम्रो, कुन हो त्यो जानेन ।
प्रभु तिम्रो द्वारमा, बितोस् मेरो जीवन ।।
सत्गुरु कृपाले, मिल्यो अहिले सच्चा धन ।
भक्तिको रङ्गमा, रङ्गाई देऊ यो मन ।
तन-मन ‘अर्पण’ गर्दै बितोस् मेरो जीवन ।।
(धुन : स्वतन्त्र)
–एन.बी. ‘अर्पण’
