भलेछ किन मलेर किन संसार, मोह-मायाको मेलामा ।
बिर्सेठ आज मनुष्य, यो तन पाएको बेलामा ।।
मानवताको गोरेटोलाई, हिँइदैछ छोडेर ।
निदाई आँखा अज्ञानताको, घुम्टोलाई ओढेर ।
आएर जगमा, के गर्ने होला, मनुष्य चोलामा ।।
मानिसदेखि मानिस आज, बिरानो भई सक्यो ।
मानवताको उज्यालो बस्ती, अध्याँरो भई सक्यो ।
जाँदैछ मानिस, बिर्सेर होकि, चौरासी झेलैमा ।।
हे स्वामी तिमीलाई भुल्दैन भनि, कसमै खाएर ।
गरेको बाचा बिर्सेछ आज, संसारमा आएर ।
“अर्पण” नगरी हिँड्दैछ किन, स्वार्थको बाटोमा ।।
(धुन : अल्झेछ क्यारे पछ्यौरी…)
-एन.बी. ‘अर्पण’