अविनाशी

कण, कणमा छ अविनाशी कही टाढा छैन ।
बहमज्ञान लेऊ भाइ खोल दिब्य नयन ।।

जस्तै हुन्छ ढुङ्गा बीच, अग्नि त्यो लुकेको ।
त्यस्तै पञ्चभूत तनमा, प्रभुछ बसेको ।
ब्रहमज्ञान बिना प्रभु, त्यसै देखिदैन ।।

ईश्वरको अंश एउटा, हो यो हाम्रो आत्मा ।
निर्गुण हरि निराकार, पति परमात्मा ।
जल-थल ब्रहमाण्डमा, कतै खाली छैन ।।

मन भित्रको भ्रम जति, सबै “अर्पण” गर ।
नर रुप नारायण, टाढा कहाँ छ र ।
बाटो बिराई अध्याँरोमा, खोजे पाईदैन ।।

(धुन : स्वतन्त्र)
-एन.बी. ‘अर्पण’