अमुल्य जिन्दगीमा सत्सँग गर ।
ब्रहमज्ञान लिई, ध्यानले झोली भर ।
किन डुलाउँछौ मायामा मनको फेरो ।
जीवन गैजाला नभन तेरो-मेरो ।
भन्नु ब्यर्थ हो संसारमा तेरो-मेरो ।
सबले छोइनेछन् जसलाई भन्छौ मेरो ।
दुई दिनको जीन्दगीमा, को हुन्छ र ।।
तिम्रो सहारा कसैले, कति गर्ला ।
दुःखी जीवन डुलाउँदै रुनु पर्ला।
गली जाने यो मानिसको भाकाया ।
काम आउँदैन संसारको मोह-माया ।
दुःखमा सुख पाउन भक्ति गर ।।
ज्ञानी, मुनिले संसारमा जन्म लिए ।
सत्कर्मको सबैले यहाँ सन्देश दिए ।
जगमा अवतार लिई प्रभुले उद्धार गर्यो ।
एकदिन संसारलाई सबैले छोड्ने परयो ।
आफैलाई प्रभुमा “अर्पण” गर ।
(धुन : स्वतन्त्र)
-एन. बी. ‘अर्पण’
