बिबाह बधाई गीत

यो जोडीको हे सत्गुरु ! सदा रहोस् सुख दायी
शुभकामना यो जोडीलाई (लाख–लाख बधाई ।।)२

सत्गुरुले आज दुबैको जोडी एक बनायो ।
गृहस्थी जीवनमा मानवताको, सच्चा मार्ग देखायो ।
हे सत्गुरु ! आशिष देऊ, (आजका वर–वधुलाई ।।)२

मर्यादाको पालन गरुन् माया–मोहलाई छोडी ।
परोपकारी बनेर जगमा, अटल रहोस् यो जोडी ।
सन्त सबैको बधाई आज, (लिँदै जाऊन् रमाई ।।) २

आदर गरुन् नर–नारीको श्रद्धा भाव जगाई ।
सेवा, सत्संग भक्तिमा नित्य, तन–मन लगाई ।
गृहस्थी जीवनको पालन गरुन् (घरलाई स्वर्ग बनाई ।।)२

प्रेमको भाषा उत्तम भाषा, अपनाऊन् जीवनमा ।
सुखी रहून् ज्ञानको ज्योति, बालेर यो मनमा ।
“अर्पण” गरुन् दुर्गुण भाव, (सत्यलाई अपनाई ।) २

–एन.बी. “अर्पण”